सोलुखुम्बुमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ।
घरमै मृत फेला परेका ४६ वर्षीय तोईबहादुर कटवालको घटनाको अनुसन्धानका क्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका हुन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद भएको र रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो।
पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

