नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा प्रदेश प्रहरी प्रमुख खनाललाई स्वागत

विराटनगर, साउन २४ गते । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरूले कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनाललाई स्वागत गरेका छन्।

साउन २४ गते नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको कार्यालयमा आयोजित कार्यक्रममा संघकी अध्यक्ष सरिता खनाल, सचिव सृजना नेपाल दाहालसहितका पदाधिकारीले प्रदेश प्रहरी प्रमुख खनाललाई स्वागत गरेका हुन्।

स्वागत कार्यक्रममा डीआईजी खनालले संघका पदाधिकारीहरूसँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया गरेका थिए। सो क्रममा संघकी अध्यक्ष सरिता खनालले नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले गर्दै आएका विभिन्न गतिविधि तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराएकी थिइन्।

कार्यक्रममा संघका गतिविधि, आगामी कार्ययोजना तथा प्रहरी परिवारसँग सम्बन्धित विभिन्न विषयमा समेत छलफल भएको जनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।