सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक बरामद

प्युठान । प्युठानमा बेवारिसे अवस्थामा लुकाएर राखिएका १३ थान भरुवा बन्दुक र दुई थान नाल बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय लुङबहाने, प्युठानबाट खटिएको गस्ती टोलीले नौबहिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित मनकामना सामुदायिक वन र सुनसरी खोल्सामा गस्ती गर्ने क्रममा झारपातले छोपेर राखिएको अवस्थामा उक्त हतियार फेला पारेको हो।

प्रहरीका अनुसार १३ थान साबुत भरुवा बन्दुक र सोही बन्दुकका दुई थान नाल नियन्त्रणमा लिइएको छ।

बरामद हतियार कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।