बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

चितवन । चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शाहीचोकमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाएको थियो। अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले बिहान ३ः१५ बजे मृत घोषणा गरेका हुन्।

मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन।

घटनापछि प्रहरीले बस र चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ का ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।