वीरगन्जमा १६.५७ ग्राम ब्राउन सुगर सहित भारतीय नागरिक पक्राउ
वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१४ कृष्णा प्रणामी चोकबाट लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
आइतबार कृष्णा प्रणामी चोकस्थित सडकबाट भारत, मोतिहारी, पटोका श्रीपुर ग्राम पञ्चायत–१ बस्ने डोमा पासवानका छोरा अन्दाजी २५ वर्षीय शत्रुधन पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पासवानको शरीर खानतलासी गर्ने क्रममा १६.५७ ग्राम ब्राउन सुगर बरामद भएको थियो।
बरामद लागुऔषधसहित पक्राउ परेका पासवानमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

