सोलुखुम्बु हत्या घटनामा थप दुई जना पक्राउ
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडामा भएको हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
गत साउन २३ गते बिहान करिब ७ः३० बजे गञ्जेडाँडामा धारिलो हतियार प्रहारबाट स्थानीय ४६ वर्षीय तोईबहादुर कटुवालको हत्या भएको थियो।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले साउन २५ गते थप दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा १७ वर्षीय एक बालक र सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका २१ वर्षीय बिनोद खड्का रहेका छन्।
घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

