रास्वपा केन्द्रिय समिति बैठक बस्दैँ, केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन हुने

काठमाडौं, ५ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

 

बनस्थली, काठमाडौं घन्टीघरमा सो केन्द्रिय समितिको बैठक बस्दैँछ । जसअनुसार ११ः०० बजे देखी सो बैठक सुरू हुनेछ ।

 

पार्टीका रिक्त रहेका र थप गर्नुपर्ने विभिन्न साङ्गठनिक पदहरूमा मनोनयन गर्ने, केन्द्रीय समिति सदस्य र पदाधिकारीहरूको मनोनयन, सचिवालय सदस्यहरूको मनोनयन, विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिको गठन र सदस्य मनोनयन लगायत छलफलको अजेन्डामा राखिएको छ ।

 

आगामी स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका कार्यसूचीमा उल्लेख गरिएको छ। जसअनुसार आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्नेछ भने  ‘राइट टु रिकल’ अर्थात जनप्रतिनिधि फिर्ता बोलाउन पाउने अधिकार सम्बन्धी दस्तावेज निर्माण गर्ने बिषय पनि छलफलमा रहनेछ । 

 

 

साथै, पार्टीको आधिकारिक धारणा र गतिविधिहरू सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि हुने महासचिव बीपीन आचार्यले जानकारी दिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।