मोरङ र झापामा लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, भदौ २२ गते । मोरङ र झापा जिल्लाको बिभिन्न स्थानहरुबाट भदौ २१ गते लागू औषध सहित ५ जनालाई पक्राउ गरीएको छ ।

मोरङको उर्लावारी नगरपालिका-२ स्थितबाट सोही स्थानका ३१ वर्षीय सुक राज दर्जी र २२ वर्षीय सुदिप धिमाललाई २ ग्राम ८० मिलिग्राम लागू औषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय उर्लावारीले पक्राउ गरेको छ ।

यसैगरी प्रहरी चौकी शनिश्चारे झापाले अर्जुनधारा नगरपालिका-७ स्थितबाट मे १ ह २४४३ नम्बरको अटो चालक सोही स्थानका ३३ वर्षीय सागर दर्जीलाई ७९० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ भने प्रहरी चौकी शरणामती झापाले ६ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर सहित शरणामती-६ का २५ वर्षीय प्रेम प्रसाद खनाललाई झापा गाउँपालिका-६ स्थितबाट पक्राउ गरेको छ ।

यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका-२ का २१ वर्षीय जनक माझीलाई १६ ग्राम ब्राउन सुगर सहित भद्रपुर-३ स्थितबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।