एमाले पुनर्गठन कार्यदलको बैठक आज : अध्यक्ष ओली सहभागी नहुने, दुई प्रतिवेदनले छलफल पेचिलो

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) को निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। तर, यसअघिको बैठकमा सहभागी हुनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली भने आजको बैठकमा सहभागी नहुने हुनुभएको छ।

अध्यक्ष ओलीका सचिवालय प्रमुख एवं केन्द्रीय सदस्य निरु पालले कार्यदलको बैठकमा अध्यक्ष जाने कार्यक्रम नरहेको जानकारी दिनुभयो।

आजको बैठकमा कार्यदलभित्र दुई वटा भिन्न प्रतिवेदन पेस हुने भएपछि छलफल कसरी अघि बढाउने भन्ने विषय पेचिलो बनेको छ। यसअघि कार्यदलका सदस्यसचिव एवं महासचिव शंकर पोखरेलले ६५ पृष्ठको प्रतिवेदन तयार पार्नुभएको थियो। उक्त प्रतिवेदनमा संकटका बेला पार्टी नेतृत्वमाथि अनावश्यक आरोप लगाइएको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि जनाएपछि प्रतिवेदन सम्पादनको जिम्मेवारी भदौ ४ गते संयोजक रामबहादुर थापा ‘बादल’ र नेता प्रदीप ज्ञवालीलाई दिइएको थियो।

संयोजक बादलले महासचिव पोखरेलको प्रतिवेदनलाई सम्पादन गरी ३९ पृष्ठको नयाँ प्रतिवेदन तयार पार्नुभएको छ। आजको बैठकमा दुवै प्रतिवेदन पेस हुने देखिएको छ।

कार्यदलभित्र पोखरेल पक्षधर सदस्यहरूले महासचिवले पहिले नै तयार पारेको मूल प्रतिवेदनमाथि नै छलफल हुनुपर्ने अडान राखेका छन् भने बादल पक्षका सदस्यहरूले भने संयोजकले सम्पादन गरी ल्याएको प्रतिवेदनलाई नै आधार मानेर छलफल अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्। कार्यदलको अघिल्लो निर्णयअनुसार सदस्यसचिवले प्रतिवेदन तयार गरी कार्यदलमा छलफल गरेपछि मात्रै नेतृत्वलाई बुझाउने तय भएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।