भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोडभन्दा बढी सङ्कलन, १ अर्ब निकासा

काठमाडौं, २७ भदौ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा हालसम्म १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ सङ्कलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ नगद मौज्दात छ। यसबाहेक, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलरसमेत जम्मा भइसकेको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा व्यवस्थापन कार्यलाई तीव्रता दिन कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) लाई निकासा गरिसकिएको छ।

विनाशकारी बाढीपछि सरकारले राहत, उद्धार र पुनर्स्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संघसंस्था, निजी क्षेत्र र विभिन्न निकायसँग सहयोगको आह्वान गरेको थियो। सोही आह्वानबमोजिम विभिन्न स्रोतबाट आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको हो।

कोषमा प्राप्त रकम प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गरिने सरकारले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।