कास्कीको लुम्ले र लमजुङमा धेरै भारी वर्षा, आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौ, २८ भदौ । गण्डकी प्रदेशका केही भूभागमा ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा कास्की र लमजुङ जिल्लाका विभिन्न स्थानमा ‘धेरै भारी’ वर्षा मापन गरिएको छ।

महाशाखाको तथ्याङ्क अनुसार कास्कीको लुम्ले क्षेत्रस्थित मापन केन्द्रमा २४ घण्टाको अवधिमा १२५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ। यसैगरी लमजुङको फलेनी मापन केन्द्रमा १०९.२ मिलिमिटर र धादिङ तथा गोरखाको सीमा क्षेत्रमा रहेको आरुघाट मापन केन्द्रमा ८७.८ मिलिमिटर वर्षा मापन भएको छ।

मौसम विज्ञानको वर्गीकरण अनुसार २४ घण्टाको अवधिमा १० देखि ५० मिलिमिटरसम्म वर्षा हुनुलाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी र १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनुलाई धेरै भारी वर्षा मानिन्छ। त्यस्तै २०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएमा त्यसलाई अति भारी वर्षाका रूपमा लिइन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।