बाढी पीडितका लागि प्याब्सन धनकुटाले पठायो ८ लाख ७६ हजार रुपैयाँ

नारायण कुमार राई,धनकुटा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धनकुटाले रसुवाका बाढीपीडितका लागि ८ लाख ७६ हजार २१ रुपैयाँ राहत सहयोग संकलन गरी केन्द्रीय कार्यसमितिलाई पठाएको छ।

प्याब्सन केन्द्रीय कार्यसमितिको सूचना अनुसार जिल्ला कार्यसमिति धनकुटाले जिल्लाका सदस्य विद्यालयहरूबाट उक्त रकम संकलन गरेको हो। राहत संकलनमा धनकुटाका १४ वटा विद्यालय सहभागी भएका छन्।

विद्यालयहरूबाट संकलित राहत रकम बाढीपीडितलाई सहयोग गर्ने प्रयोजनका लागि प्याब्सन केन्द्रीय कार्यसमितिलाई पठाइएको हो।
मदरल्याण्ड सेकेन्डरी बोर्डिङ स्कुलले हिलेले सबैभन्दा बढि १,१५,२०० पठाएको छ ।

त्यसतै शितला देवी माध्यमिक विद्यालय, धनकुटाले १,०१,०५५,दिप इङ्लिस बोर्डिङ स्कुल, धनकुटाले १,०५,३७६ पठाएको छ । त्यस्तै सयपत्री सेकेन्डरी बोर्डिङ स्कुल, धनकुटा १,०१,५५५,मनकामना सेकेन्डरी बोर्डिङ स्कुल, धनकुटा ६१,५५५,सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुल, धनकुटा ६३,६७५,निलगिरी सेकेन्डरी बोर्डिङ स्कुल, धनकुटा ५०,९०५,तमोर भ्याली सेकेन्डरी बोर्डिङ स्कुल, धनकुटा ७५,००० र इस्टर्न स्टार स्कुल (आधारभूत तह), धनकुटा ले २५,००० पठाएको छ ।

त्यस्तै तुलसी मेहर सेकेन्डरी बोर्डिङ स्कुल, धनकुटा ५०,०००,दिप ज्योति सेकेन्डरी बोर्डिङ स्कुल, धनकुटा ५१,५५५,धनकुटा सेकेन्डरी बोर्डिङ स्कुल, धनकुटा ४०,०००,निजामती रेसिडेन्सियल स्कुल, धनकुटा १५,००० र बाल संसार सेकेन्डरी बोर्डिङ स्कुल, धनकुटाले २०,१४५ पठाएको छ ।

प्याब्सन धनकुटाका सचिव इन्द्रबहादुर राई र जिल्ला अध्यक्ष प्रेम प्रसाद लिम्बुको हस्ताक्षर रहेको पत्रमा उक्त रकम संकलन गरी पठाइएको जानकारी केन्द्रीय कार्यसमितिलाई गराइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।