झापा, मोरङ र सुनसरीबाट लागूऔषध सहित ६ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधिसहित ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भदौ २७ गते विभिन्न स्थानमा गरिएको चेकजाँच तथा कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।

झापामा इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले शिवसताक्षी नगरपालिका–६ का ५३ वर्षीय संजय अग्रवाल र सोही स्थानका १८ वर्षीय अर्जुन मल्लिकलाई ७ ग्राम १४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

त्यस्तै, मोरङको अस्थायी प्रहरी चौकी कुसलबजारबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका–४ का ३७ वर्षीय सुन्दर धिमाललाई १ ग्राम ९७० मिलिग्राम र पथरीशनिश्चरे नगरपालिका–८ का २९ वर्षीय अजय मगरलाई २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

यसैगरी, सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको टोलीले बराहक्षेत्र नगरपालिका–९ का २५ वर्षीय भजन देव रामलाई ५९० मिलिग्राम ब्राउन सुगर, ट्रमाडोल ५ ट्याब्लेट र स्पास्टिन ६ ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धादिङको बेनीघाट गाउँपालिका–१ का २८ वर्षीय राजकुमार थिङ तामाङलाई ३ ग्राम ३९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।