बाढी र पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, यात्रुलाई सतर्कता अपनाउन प्रहरीको आग्रह

काठमाडौं, ३० भदौ । अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न भागका प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका सडक सञ्जालहरू सबैभन्दा बढी प्रभावित बनेका छन्।

बागमती प्रदेशका काभ्रे, रसुवा, नुवाकोट, धादिङ र चितवनका मुख्य सडक खण्डहरूमा यातायात सेवा प्रभावित भएको छ। काभ्रेमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडक खण्डमा अर्को सूचना नभएसम्मका लागि आवागमन पूर्ण रूपमा रोकिएको छ। त्यस्तै, रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा ठप्प छन् भने नुवाकोटको टोखा–छहरे सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। नुवाकोटकै पासाङ ल्हामु सडक खण्डअन्तर्गत सिमटार क्षेत्रमा पनि यातायात पूर्ण रूपमा अवरुद्ध छ।

यसैगरी पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ भने शीतलबजार र ज्वालामुखी क्षेत्रमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ। चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा सडक मर्मत भइरहेकाले गाडीको चाप हेरेर पालैपालो सवारी छाड्ने गरिएको छ।

उता गण्डकी प्रदेशको मनाङस्थित चामे–बेँसीसहर सडक खण्डको धारापानी क्षेत्रमा हाल साना सवारी साधन मात्र सञ्चालन हुन सकेका छन्। कर्णाली प्रदेशको हुम्लास्थित कर्णाली करिडोरअन्तर्गत सर्केगाडमा खसेको पहिरोले यातायात पूर्ण रूपमा ठप्प पारेको छ। सडक विभाग र प्रहरी टोली अवरुद्ध सडकहरू खुलाउने प्रयासमा रहेका छन् भने यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे पूर्वजानकारी लिन प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।