धनकुटाको सेल्फीडाँडामा ईभी र ट्याङ्कर ठोक्किँदा दुई जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सेल्फीडाँडामा ईभी गाडी र ट्याङ्कर एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ११ः३० बजे कोशी लोकमार्गमा धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज ४४४१ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ७५२० नम्बरको ट्याङ्कर ठोक्किएका हुन्।

दुर्घटनामा ईभी चालक तेह्रथुम फेदाप गाउँपालिका–१ का ४२ वर्षीय संजय मास्के र ईभीमा सवार भोजपुर पौवादुम्मा गाउँपालिका–३ चम्प्तामका ३८ वर्षीय कुलप्रसाद थापा मगर घाइते भएका छन्।

मास्केको शरीरका विभिन्न भाग तथा खुट्टामा चोट लागेको छ भने थापा मगरको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

घाइते दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।

दुर्घटनापछि ईभी, ट्याङ्कर र ट्याङ्कर चालकलाई इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा राखिएको साथै दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।