आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्कर सहित एक जना पक्राउ
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल निगमको परिसरबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार लुम्बिनी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको अवस्थामा करिब ३० लिटर डिजेलसहित ट्याङ्कर नियन्त्रणमा लिएको हो।
दुईवटा ट्याङ्कर घटनास्थलमै फेला परेका थिए भने अर्को ट्याङ्कर भागेपछि प्रहरीले पछ्याएर नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

