कटुवा पेस्तोल र २५ राउन्ड छर्रा सहित दुई जना पक्राउ
रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नारायणपुरबाट कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय अमन कुमार धवल र २० वर्षीय सुनिल केवट रहेका छन्।
अमनको घरमा कटुवा पेस्तोल लुकाइराखेको गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त टोलीले मंगलबार घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २५ राउन्ड छर्रा बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

