झापा, मोरङ र पाँचथरबाट ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर । झापा, मोरङ र पाँचथरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।

भदौ ३० गते झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा गौरादह नगरपालिका–४ का बाबुराम मुर्मुलाई १ ग्राम ९८ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यस्तै, अस्थायी प्रहरी चौकी कुटीबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका–२ का समिर बस्नेतलाई ८२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–१ का अजय मादेनलाई १ ग्राम ८६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले याङवरक गाउँपालिका–२ का विशाल लिम्बु र हिलिहाङ गाउँपालिका–७ का युवराज विश्वकर्मालाई १४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।