सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बुधबार बिहान सिंहदरबारस्थित रास्वपाको संसदीय कार्यालयमा बैठक सुरु भएको हो ।

सर्वदलीय बैठकमा लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले सचिव पद्मा भुसाल, नेकपा सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुन, राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही, जसपा नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी छन् ।

आजको बैठकले रसुवा बाढी अध्ययन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नेछ । अघिल्लो सर्वदलीय बैठकमा रास्वपा सभापति लामिछानेले संयन्त्र गठनको प्रस्ताव गरेका थिए । तर अहिलेसम्म गठन हुन सकेको छैन ।

विपदपछिको अवस्थामा सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्ने भए पनि रास्वपा सभापति लामिछानेले बैठक बोलाइरहेका छन् । तर सर्वदलीय बैठकले गरेका निर्णय प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वामित्व लिन्छन् लिँदैनन् भन्ने हेर्न बाँकी छ । बालेन सर्वदलीय बैठक बोलाउन र दलका नेताहरूसँग संवाद गर्न अनिच्छुक देखिएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।