उदयपुरमा ट्रक र यात्रुबाहक माईक्रो ठोक्किँदा १७ जना घाइते

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकखण्डमा ट्रक र यात्रुबाहक हायस एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्।

बुधबार बिहान करिब १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको हायस एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेश कुमार देवको कमाण्डमा १५ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएको जनाएको छ।

दुर्घटनामा हायस चालक र सहचालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा काठमाडौं चन्द्रागिरी–१४ की इन्दिरा श्रेष्ठ, सोही ठाउँकी रुकमाया श्रेष्ठ र पविना श्रेष्ठ, मोरङ सुन्दरहरैँचा–७ की पवित्रा भट्टराई, कानेपोखरी–६ का लबिन चौलागाईं, हायसका सहचालक देवराज विक र चालक रामबहादुर विक, बाँके नेपालगञ्ज–३ की लक्ष्मी गिरी, उदयपुर त्रियुगा–३ की रस्मिला दाहाल, मोरङ सुन्दरहरैँचा–६ की जमुना राई र एदुचन्द्र राई, इलाम जोगमाई–१ का सगुन गुरुङ, उदयपुर बेलका–६ का डम्बरबहादुर विक र सुदिप राई, सिन्धुली कमलामाई–१ की सानु थापा तथा काठमाडौं बुढानीलकण्ठ–५ की शान्ति न्यारिका रहेका छन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।