अर्थ समितिले पारित गर्‍यो नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन

काठमाडौं, ३१ भदाै । अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेकाे छ । बुधबार बसेको समिति बैठकमा सभापति कृष्णहरि बुढाथोकीले नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्ताव राखेका थिए । 

बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल भएको थियाे । सभापति बुढाथोकीले विधेयकका विभिन्न विषयमा समितिमा लामो छलफल, तर्क र संवाद भएको बताएका छन् । आफूहरूलाई आवश्यक लागेको विषय संशोधन गर्न संशोधन प्रस्तावसमेत दर्ता गरिएको उनले जानकारी दिए ।

‘हामीले हामीलाई लागेका विषयवस्तु यो संशोधन हुनुपर्छ भन्ने मान्यताका आधारमा हामीले संशोधन प्रस्ताव पनि दर्ता ग¥यौँ,’ उनले भने, ‘त्यसपश्चात् यहाँ छलफलमा पनि हामी धेरै हामीले तर्क, संवाद, वाद गर्‍यौँ । त्यो पनि हाम्रो समितिको रेकर्डमा छ ।’

बुढाथोकीका अनुसार विधेयकमाथि समितिले गरेका निर्णयहरू सर्वसम्मत रहेका छन् । ती निर्णयका आधारमा नै प्रतिवेदन तयार भएको र सदनमा पेश गर्नुअघि प्रतिवेदनमा समितिले गरेका निर्णयभन्दा बाहिरका विषय समावेश भए–नभएको जाँच गर्न बैठक केन्द्रित रहेको उनले बताए । 

उनले भने, ‘समितिको छलफलमा पहिलो विधेयक हो । यस विधेयकलाई सर्वसम्मत ढङ्गले जानुपर्छ भन्ने सबै सदस्यहरूको एकदम सहृदय भावनाले पनि यसलाई धेरै काम गरेको छ ।’ उनले समितिका बैठकमा भएका छलफल र निर्णयहरू अभिलेखमा रहेको भन्दै समितिका सदस्यहरूले थप सुझाव वा आफ्ना धारणा लिखित रूपमा समिति सचिवालयमा दर्ता गराउन सक्ने बताए ।

नेपाल राष्ट्र बैंक ऐन संशोधन भइरहेका बेला मुलुकले आर्थिक रूपमा फड्को मार्नुपर्नेमा जोड दिए । उनले विशेषगरी राष्ट्र बैंकको नेतृत्व चयन र नेतृत्वले प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने विषयमा संरचनागत सुधारको आवश्यकता भएको बताए । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।