स्वदेश फर्किदै भारतीय राजदूत श्रीवास्तव, परराष्ट्र सचिव राईसँग गरे बिदाइ भेट

काठमाडौं, ३१ भदौ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका छन् । उमेरहदका कारण परराष्ट्र सेवाबाट अनिवार्य अवकाश हुन लागेका श्रीवास्तव बीचमै स्वदेश फर्किन लागेका हुन् । 

श्रीवास्तवले बुधबार परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् । सो अवसरमा परराष्ट्र सचिव राईले नेपाल(भारत सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत श्रीवास्तवले पुर्‍याएको योगदानको प्रशंसा गरे । साथै, ऊर्जा, सीमापार पूर्वाधार र जनस्तरको सम्बन्धका क्षेत्रमा हासिल भएका महत्वपूर्ण प्रगतिमा उनको सक्रिय भूमिकाको सराहना गरे। 

राजदूत श्रीवास्तवले नेपालमा आफ्नो कार्यकालका क्रममा प्राप्त सम्पूर्ण सहयोग र सहकार्यका लागि नेपाल सरकार तथा नेपाली जनताप्रति आभार व्यक्त गरेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।