धनकुटामा संविधान दिवस तथा राष्ट्रिय दिवसमा विविध कार्यक्रम गरिने

धनकुटा । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा धनकुटामा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ।

जिल्ला समन्वय समितिको कार्यालय धनकुटामा सम्पन्न बैठकले दिवसलाई विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राईले जानकारी दिइन्।

बैठकको निर्णयअनुसार असोज २ गते जिल्लास्थित सबै सरकारी कार्यालयले आ–आफ्नो कार्यालय तथा परिसरमा राष्ट्रिय झण्डा फहराउने, सरसफाइ गर्ने र साँझ दीपावली गर्नेछन्।

त्यस्तै, असोज ३ गते दिउँसो ३ बजे धनकुटा बसपार्कबाट र्‍याली निकालिने भएको छ। र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि तथा कार्यकर्ता, सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, संघ–संस्थाका प्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी तथा पत्रकार र सञ्चारकर्मीलगायतको सहभागिता रहनेछ।

र्‍याली धनकुटा बजार हुँदै टुँडिखेल पुग्ने र त्यहाँ सरसफाइ गरिनेछ। साँझ दीपावली गरेपछि कार्यक्रम समापन गर्ने निर्णय भएको उपप्रमुख राईले बताइन्।

कार्यक्रमका लागि आवश्यक ब्यानर, सरसफाइ सामग्री तथा दीप प्रज्वलनका सामग्री धनकुटा नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको छ।

यसैगरी, जिल्लास्थित सञ्चारमाध्यमहरूले असोज २ र ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा परिसंवाद तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन तथा प्रसारण गर्ने निर्णय गरिएको छ।

बैठकमा दिवसलाई नागरिकको व्यापक सहभागितामा मनाउने तथा संविधान र राष्ट्रिय दिवसको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने विषयमा समेत छलफल भएको उपप्रमुख राईले जानकारी दिइन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।