विराटनगरबाट ०.८५० ग्राम खैरो हेरोइन सहित दुई भारतीय महिला पक्राउ
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय महिला पक्राउ परेका छन् ।
बिहीबार बिहान ११ः३० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारत, जोगवनी बस्ने २५ वर्षीया लिजा खातुन र ४० वर्षीया जुली खातुनलाई चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा जुली खातुनको साथबाट ९० ग्राम ८५० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

