मोरङमा १०.४९० ग्राम खैरो हेरोइन सहित एक जना पक्राउ
विराटनगर । मोरङको रानीबाट लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले २०८३ साल भदौ ३१ गते मोरङको रानी नगरपालिका–१६ बाट ग्रामथान गाउँपालिका–७ का ३१ वर्षीय केतरलाल साहलाई पक्राउ गरेको हो।
उनको साथबाट १०.४९० ग्राम खैरो हेरोइन र एउटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

