भ्रष्टाचारमा मधेश पहिलो, गण्डकी पछाडि

सुभाष कायस्थ,जनकपुरधाम । भ्रष्टाचारको सूचीमा मधेश प्रदेश पहिलो नम्बरमा आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा भ्रष्टाचारसम्बन्धी सबैभन्दा बढी उजुरी प्रदेशको रुपमा मधेश प्रदेश रहेको उल्लेख छ । 

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अघिल्लाे आर्थिक वर्षमा सातवटै प्रदेशसँग सम्बन्धित गरी कुल पाँच हजार ३०५ वटा उजुरी दर्ता भएका थिए । ती मध्ये मधेश प्रदेशका मात्रै उजुरी संख्या एक हजार ४७५ रहेको छ । याे कुल उजुरीको २७ दशमलव ८० प्रतिशत हो ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा कम उजुरी गण्डकी प्रदेशसँग सम्बन्धित रहेको आयोगको प्रतिवेदनमा भनिएको छ । गण्डकी प्रदेशविरुद्ध ४०७ वटा अर्थात् कुल उजुरीको ७ दशमलव ६७ प्रतिशत उजुरी दर्ता भएका छन् ।

मधेश प्रदेशमा भने भौतिक पूर्वाधार तथा यातायात क्षेत्रसँग सम्बन्धित उजुरीको संख्या सबैभन्दा बढी रहेको अख्तियारले जनाएको छ । आयोगका अनुसार भूमिसहित विभिन्न १० वटा मन्त्रालय तथा क्षेत्रसँग सम्बन्धितमा पनि उल्लेख्य उजुरी रहेको छ । 

अख्तियारले प्रदेश सरकार तथा मातहतका निकायमा हुने कामकारबाहीसँग सम्बन्धित उजुरीलाई छानबिन तथा अनुसन्धानको प्रक्रियामा लैजाने गरेको छ । चालु आर्थिक वर्षमा समेत प्रदेश तथा स्थानीय तहका सार्वजनिक निकायमा हुने अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरी आयोगको निगरानीमा रहने अख्तियारले जनाएको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।