काठमाडौ जोड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

काठमाडौं, २ असोज। संघीय राजधानी काठमाडौं जोड्ने कान्ति लोकपथ र त्रिभुवन राजपथ शुक्रबारदेखि दुईतर्फी सञ्चालनमा आएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड अवरुद्ध भएपछि यी दुई सडकमार्गमा मालवाहक तथा ठूला यात्रुवाहक सवारीका लागि एकतर्फी व्यवस्था गरिएको थियो ।

बिहीबारदेखि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्ड सञ्चालनमा आएपछि त्रिभुवन राजपथ र कान्ति लोकपथमा पुन: नियमित दुईतर्फी यातायात खुला गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज २ गतेदेखि लागू हुने गरी दुवै सडकमा दुईतर्फी सवारी आवागमन खुला गरिएको जनाएको हो । 

कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि सवारी आवागमन सहज, सुरक्षित तथा व्यवस्थित बनाउन भदौ १६ गतेदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनका लागि वैकल्पिक एकतर्फी व्यवस्था गरिएको थियो । उक्त व्यवस्थाअनुसार काठमाडौंतर्फ जाने सवारी त्रिभुवन राजपथ हुँदै र काठमाडौंबाट फर्किने सवारी कान्ति लोकपथ हुँदै सञ्चालन गरिँदै आएको थियो । कृष्णभीर सडक सुचारु भएसँगै उक्त वैकल्पिक एकतर्फी व्यवस्था हटाइएको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।