विराटनगर स्थित सास्थम कलेजमा बीबीए र बीएचएमका नयाँ विद्यार्थीलाई स्वागत

विराटनगर । सास्थम कलेज विराटनगरले बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) र बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमको आयोजना स्वागत गरेको छ ।

विराटनगरस्थित रत्ना होटलमा आयोजित स्वागत तथा अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजनबाबु मरहट्टा प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो । उपकुलपति मरहट्टाले विद्यार्थीले उच्च शिक्षालाई पाठ्यक्रम र परीक्षामा मात्र सीमित नराखी व्यवहारिक ज्ञान, सीप र दक्षता विकासमा जोड दिनुपर्ने बताउनुभयो ।उहाँले बदलिँदो समय र प्रविधिअनुसार आवश्यक ज्ञान तथा क्षमता हासिल गर्दै विद्यार्थीले आफूलाई प्रतिस्पर्धी र सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बीबीएतर्फ ९६ जना र बीएचएमतर्फ १४४ जना गरी कुल २४० जना नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो। कार्यक्रममा विद्यार्थीलाई उच्च शिक्षासँगै व्यावसायिक तथा व्यवहारिक ज्ञान, सीप र दक्षता हासिल गर्न प्रेरित गरिएको थियो। क्याम्पस प्रमुख विनय विष्णु केसीले विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासका लागि कलेजले आवश्यक वातावरण निर्माण गर्दै आएको बताउनुभयो । उहाँले नियमित अध्ययनसँगै अतिरिक्त क्रियाकलाप र व्यावहारिक सिकाइमा समेत सक्रिय हुन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

विएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश ले नयाँ विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको शैक्षिक यात्रामा कलेज परिवारबाट आवश्यक सहयोग र सहजीकरण हुने बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरूले कलेजको शैक्षिक वातावरण, अध्ययन प्रणाली तथा आगामी अवसरबारे जानकारी लिएका थिए। कार्यक्रममा सास्थम कलेजका क्याम्पस प्रमुख विनय विष्णु केसी, क्याम्पस व्यवस्थापक महेश्वर प्रसाद सिंहलगायतको उपस्थिति रहेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।