धनकुटाको हिलेबाट ३ ग्राम ५४० मिलिग्राम लागूऔषध सहित तीन जना पक्राउ
धनकुटा । धनकुटाको हिलेबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
बिहीबार राति करिब १० बजे लागूऔषध कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरी चौकी हिलेबाट खटिएको टोलीले धनकुटा नगरपालिका–१, हिलेस्थित माउन्टेन होटलमा जाँच गरेको थियो ।
जाँचका क्रममा प्लास्टिकसहित ३ ग्राम ५४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बयरवनका ३७ वर्षीय मनिष अधिकारी, सोही नगरपालिका–१ भण्डारीटारका ३१ वर्षीय अजय साह र भोजपुर नगरपालिका–७ डाँडागाउँका ३८ वर्षीय सन्तोष खड्कालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

