मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
भरतपुर । चितवनको खैरहनी नगरपालिका–८ चौबिसकोठी चोकमा मिनी ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो करिब १ः१५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ क ५०९९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना.१८ प ५६१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा खैरहनी नगरपालिका–४ चैनपुरका अन्दाजी २७ वर्षीय मोटरसाइकल चालक राजेश भुजेल घाइते भएका थिए । उनलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएकोमा दिउँसो ३ः०२ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मिनी ट्रक र चालक बाराको सिमरा उपमहानगरपालिका–४ औराहका अन्दाजी ५३ वर्षीय तुलसी राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

