निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

काठमाडौं, ९ असोज । दुई दिनदेखिको निरन्तरको वर्षाले देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ्दै गएको छ । काठमाडौं उपत्यकाको बागमती, मनोहरा, हनुमन्ते, विष्णुमती, कर्मनासा, गोदाबरीलगायतका खोलामा जलसतह बढ्दोक्रममा छ ।

भक्तपुरको हनुमन्ते खोला र काभ्रेको रोशी खोलाले सतर्कता तह पार गरेका छन् । भक्तपुरको जगाती जलमापन केन्द्रमा हनुमन्ते खोलाको जलसतह सतर्कता तह पार गरेको जनाएको छ । काभ्रेको पनौती जलमापन केन्द्रमा रोशी खोलाको जलसतह सतर्कता तह पार गरेको उल्लेख गरेको छ । 

यस्तै, निरन्तर वर्षाका कारण कोशी नदीमा समेत बहाव बढेर कोशी ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ । इलामको कन्काई र मैनाचुली जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह आसपास पुगेर बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर भएर बग्ने नदी तथा खोलामा बाढीको उच्च जोखिम छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीमा पनि बाढीको जोखिम छ ।

यसैगरी सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, प्युठान, रोल्पा, सल्यान, डोल्पा, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरा तथा आसपासका जिल्लामा स–साना नदीको बहाव बढ्ने सम्भावना छ । यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ  ।

महाशाखाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र सडक छेउछाउमा बसोबास तथा यात्रा गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖