जलवायु न्याय र पुनर्निर्माण प्राथमिकता दिँदै राष्ट्र सभाबाट फर्किए परराष्ट्रमन्त्री
काठमाडौं, १४ असाेज । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिएर स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाएको ‘जलवायु न्याय’ को एजेण्डाले गम्भीर ध्यानाकर्षण गराउन सफल भएको दाबी गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री बालेन्द्र साहको सम्बोधन र नेपालको प्रस्तुतिका कारण देशको कूटनीतिक छवि थप उच्च बनेको बताए।
उनले सम्बाेधनमा गरेका पाँच बुदाँः
जलवायु न्याय र ‘हिमालयन सुनामी’: जलवायु परिवर्तनले पर्वतीय मुलुकहरूमा पारेको असरलाई ‘हिमालयन सुनामी’ का रूपमा चित्रण गर्दै क्षतिपूर्ति कोष र जलवायु वित्तको सरल परिचालनमा जोड दिइएको छ।
भोटेकोशी बाढी पुनर्निर्माण: हालैको भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामार्फत आर्थिक र प्राविधिक सहयोगको माग गरिएको छ।
नयाँ कूटनीतिक सम्बन्ध: भ्रमणका क्रममा नेपालले ग्रेनाडा, नामिबिया र सेनेगल गरी तीन नयाँ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १८८ पुगेको छ।
अन्तर्राष्ट्रिय सहयोगप्रति आभार: बाढीपीडितका लागि आर्थिक सहयोग घोषणा गर्ने संयुक्त राज्य अमेरिका, युएई तथा उद्धारमा सहयोग गर्ने छिमेकी देशहरूप्रति सरकारले आभार व्यक्त गरेको छ।

