प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

काठमाडौं, १४ असोज । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको पहिलो औपचारिक विदेश भ्रमण भारत हुने भएको छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन अमेरिका पुगे पनि बालेनले त्यसलाई अनौपचारिक विदेश भ्रमण मानेका छन् । सोही कारण उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गार्ड अफ अनर’ नलिएका हुन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री बालेनसँग बिदाइ भेट गर्दै उनको भारत भ्रमणको मिति तय गरेका हुन् । श्रीवास्तव चार वर्ष तीन महिना कार्यकाल सकेर बिहीबार नयाँ दिल्ली फर्किँदैछन् । 

स्वदेश फर्किनुअघि श्रीवास्तवले प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमण गर्ने तय भइसकेको छ । प्रधानमन्त्री शाह ७ र ८ मंसिरमा भारत जाने तय गरेर श्रीवास्तवको कार्यकाल सकिएको छ । 

‘उहाँको पालामा प्रधानमन्त्रीको भ्रमण तय भयो । सम्भवत: चाँडै भारतबाट नयाँ राजदूत नेपाल आउनेछन् र उहाँ प्रधानमन्त्रीको भ्रमण तयारीमा लाग्नुहुनेछ,’ भारतीय दूतावास स्रोतले भन्यो । राजदूत नयाँ दिल्ली पुगेपछि मंसिर ७ र ८ गतेको मिति प्रस्ताव गर्ने र त्यसलाई भारत सरकारले औपचारिकता दिएपछि दुवै देशका विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्ने बताइएको छ ।

रास्वपा सभापति रवि लामिछाने गत असारमा भारतको औपचारिक भ्रमणमा गएका थिए । उनलाई नयाँ दिल्लीले भव्य स्वागत गरेको थियो । त्यसयता भारतले बालेन भन्दा रविलाई महत्व दिन थालेको छ । त्यसैले गर्दा बालेनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन गोप्य रूपमा नयाँ दिल्ली पुगेको चर्चा चलेको थियो । 

परराष्ट्रमन्त्री शिशिर खनालले पनि प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सहभागी भई बुधबार स्वदेश फर्किएका खनालले प्रधानमन्त्रीले छिट्टै भारत भ्रमण गर्ने र त्यो भ्रमण परिणामुखी हुने बताएका हुन् । 

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका लागि दुवै देश सकारात्मक रहेको र तयारी पनि भइरहेको बताए । वर्तमान सरकार गठन भएलगत्तै भारतबाट भ्रमणको निम्तो आएको र दुवै पक्ष उपयुक्त समय तय गर्न लागिपरेको मन्त्री खनालले बताए ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖