सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

काठमाडौं , सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण माग गरेको छ ।

बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाइपछि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी, काठमाडौंसमेतका विपक्षी निकायसँग लिखित कारण पेस गर्न आदेश दिएको हो । 

प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले मंगलबार सर्वोच्चमा बन्दीप्रत्यक्षकरण रिट दिएकी थिइन् । काठमाडौं अदालतले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अनुमति दिएको थियो ।

साइबर ब्युरोको टोलीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । रास्वपा सांसद रचना खतिवडाको उजुरीकै आधारमा प्रसाई पक्राउ परेका हुन् । खतिवडा जेनजी सहिद रसिक खतिवडाकी आमा हुन् । प्रसाईले ‘छोराको लाससँग साटेर सांसद बनेको’ आरोप लगाएका थिए ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖