कांग्रेस मोरङ–६ को अधिवेशनमा झडप, कार्यवाहक सभापति सहित कार्यकर्ता घाइते
मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा बुधबार झडप भएको छ।
सुन्दरहरैचामा आयोजित अधिवेशनमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद भएपछि तोडफोड र कुटपिट भएको हो। उद्घाटन नै नहुँदै झडप भएपछि अधिवेशन प्रभावित भएको छ।
घटनामा कांग्रेस क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायतका कार्यकर्ता घाइते भएका छन्। उनीहरूको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।
कांग्रेस सहमहामन्त्री डा. डीला संग्रौलामाथि समेत हातपात भएको जनाइएको छ।
यसअघि पनि क्रियाशील सदस्यताको विवादका कारण वडा अधिवेशन समयमै हुन सकेको थिएन।

