राष्ट्रपतिले गरे शुक्रबार रातिबाट संसदको चालू अधिवेशन अन्त्य

काठमाडौं, १५ असोज । संघीय संसदको चालू अधिवेशन शुक्रबार रातिबाट अन्त्य हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार शुक्रबार राति १२ बजेदेखि चालू अधिवेशन अन्त्यको सिफारिस गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०८३/६/१३ को सिफारिसमा संवत् २०८३ असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ,’ विज्ञप्तिमा छ ।

सरकारले बिहीबार मात्रै संसदमा संघीय निजामती ऐनसम्बन्धी विधेयक दर्ता गरेको छ । एकातिर विधेयक संसदमा दर्ता गर्ने अनि अर्कोतिर संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णयले अध्यादेशमार्फत सरकारलाई निजामती विधेयक ल्याउने बाटो पनि खुला भएको विश्लेषण हुन थालेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖