मोरङमा काँसघारी भित्र लुकाइएको २६४ किलो गाँजा बरामद
मोरङ । मोरङको रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोला बगरको काँसघारीमा लुकाएर राखिएको २६४ किलो ५९ ग्राम तयारी गाँजा प्रहरीले बरामद गरेको छ।
असोज २९ गते दिउँसो १:३० बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बुको कमाण्डमा खटिएको टोलीले आठवटा सेतो बोरामा राखिएको गाँजा फेला पारेको हो।
बरामद गाँजा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


