विराटनगरमा स्कुटर दुर्घटना : चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–५ पुल्चोकस्थित हुलाकी सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना गम्भीर घाइते भएका छन्।

आज दिउँसो करिब ३:१५ बजे अनटेस्ट स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ क ३७८२ नम्बरको स्कुल बसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ निवासी १८ वर्षीय मो. रिहानरेन मियाको उपचारका क्रममा मृत्यु भएको छ।

स्कुटरको पछाडि सवार सप्तरीको राजविराज नगरपालिका–९ निवासी १८ वर्षीय मो. नजाम मिया गम्भीर घाइते भएका छन्। उनको विराट नर्सिङ होममा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न स्कुटर र स्कुल बस प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनापछि फरार भएका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖