मधेश सरकारबाट एमाले बाहिरियो, मुख्यमन्त्री यादव अप्ठ्यारोमा

काठमाडौं, ३० असोज । मधेश प्रदेशमा फेरि राजनीतिक किचलो सुरु भएको छ । मधेश सरकारबाट एमालेले समर्थन फिर्ता लिएसँगै कांग्रेस नेतृत्वको सरकार अप्ठेरोमा परेको हो ।

एमालेले शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो। मधेशमा कांग्रेसका कृष्ण यादव मुख्यमन्त्री छन् ।

एमालेले कांग्रेस र नेपाली कम्यनिष्ट पार्टीबीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तया जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न १५ बुँदे समझदारी भएकोमा उक्त समझदारी पूरा नभएकाले समर्थन फिर्ता लिएको जनाएको छ। 

एमालेबाट प्रदेश सरकारमा रहेका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर, खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा, श्रम तथा यातायातमन्त्री शारदा देवी थापा र शिक्षा तथा खेलकुदमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन्।

केन्द्रमा एमाले र नेकपाबीच नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकार अस्थिर बनेको हो । एमालेले सुदूरपश्चिम प्रदेशबाट कांग्रेस नेतृत्वमा रहेको सरकारबाट बाहिरिन थालेको हो । एमाले र नेकपाबीच सहकार्य भएसँगै कोशी, बागमती, लुम्बिनी, कर्णालीमा सरकार फेरबदल भएको छ । 

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖