मिस धनकुटाका लागि अडिसन खुला, १६ देखि २७ वर्ष उमेर समूहले सहभागिता जनाउन पाउने
धनकुटा । धनकुटामा ‘मिस धनकुटा’ सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताका लागि आयोजकले अडिसन खुला गरेको जनाएको छ ।
Recreation Multimedia & Entertainment Pvt. Ltd. र Teenz Crew Dance Center, धनकुटाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन १६ देखि २७ वर्ष उमेर समूहका युवतीले आवेदन दिन सक्नेछन् ।
प्रतियोगितामा सहभागी हुन हिल नलगाई कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्नेछ । त्यस्तै, नेपाली नागरिकता वा विदेशबाट आवेदन दिने हकमा प्रचलित नियमअनुसार योग्य एनआरएन कार्ड हुनुपर्नेछ । शैक्षिक योग्यताका सम्बन्धमा कम्तीमा कक्षा १० उत्तीर्ण वा सोसरहको योग्यता आवश्यक रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेताले नगद पुरस्कार, ट्रफी, क्राउन, प्रमाणपत्र तथा म्युजिक भिडियोमा सहभागी हुने अवसरलगायत विभिन्न आकर्षक उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
‘ब्युटी विथ पर्पज, कन्फिडेन्स विथ ग्रेस’ अर्थात् उद्देश्यसहितको सौन्दर्य र आत्मविश्वाससहितको शालीनतालाई मूल भाव बनाइएको प्रतियोगिताले सहभागीको प्रतिभा, आत्मविश्वास र क्षमता उजागर गर्ने लक्ष्य राखेको छ ।
अडिसन तथा आवेदन फारमसम्बन्धी जानकारीका लागि ९८२९१७२०५६ र ९८१५३६५९२२ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।


