धनकुटाको लेगुवाघाटमा सबैभन्दा बढी ५२.८ मिलिमिटर वर्षा

धनकुटा । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले नेपालको पूर्वदेखि पश्चिमसम्म वर्षा भइरहेको छ। शुक्रबार बिहानैदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म वर्षा भइरहेकोमा अहिले वर्षा सुदूरपश्चिमसम्म फैलिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ। धनकुटाको लेगुवाघाटमा सबैभन्दा बढी ५२.८ मिलिमिटर र खोटाङको कुर्लेघाटमा ४८.२ मिलिमिटर वर्षा भएको छ।

कोशी प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा २० देखि ५० मिलिमिटरसम्म वर्षा भएको छ। काठमाडौं उपत्यकामा पनि गएरातिदेखि पानी पर्ने र रोकिने क्रम जारी छ।

मौसमविद्हरूका अनुसार चक्रवात ‘अर्नब’ कमजोर बन्दै नेपाल नजिक आइरहेको छ। यसको प्रभावले विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा साँझ तथा रातिको समयमा वर्षा थप बढ्न सक्ने अनुमान गरिएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार रातितिर वर्षाको क्रम बढ्ने भए पनि अधिकांश स्थानमा झरी पर्ने सम्भावना छ। एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्नेछ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि चक्रवातको प्रभावले करिब ५ देखि १० घण्टासम्म भारी वर्षा हुन सक्ने सम्भावना रहेको बताएका छन्।

उनले वर्षाको समय, स्थान र मात्रा परिवर्तन हुन सक्ने भएकाले विशेषगरी साँझ र रातिको समयमा सतर्क रहन तथा आधिकारिक मौसम सूचना र अपडेटमा ध्यान दिन आग्रह गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖