इलाममा धारिलो हतियार प्रहारबाट युवक घाइते, तीन जना पक्राउ
इलाम । इलाम नगरपालिका–४ छ्यारछारेमा धारिलो हतियार प्रहारबाट ३२ वर्षीय सुवास लोहार घाइते भएका छन्।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ देखि २२ वर्ष उमेरका तीन जनालाई पक्राउ गरेको छ।
घाइते लोहारको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ भने पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


