मंसिरमा नेपालमा विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ आयोजना हुने

काठमाडौं, २० कात्तिक । आगामी मंसिरमा नेपालमा विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने निश्चित गरेको छ।

आईसीसीका अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। 
उनीहरूबीच हुने प्रतिस्पर्धाबाट आगामी वर्ष आयोजना हुने विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने चार टोलीको टुंगो लाग्नेछ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले डिसेम्बर ४ मा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। सो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। त्यही दिन नामिबिया र युगान्डाबीचको खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ।

नेपाल र इटालीसँगै नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) प्रतियोगितामा सहभागी हुनेछन्।

यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले सन् २०२७ को विश्वकप ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरिसकेका छन्।

वेस्ट इन्डिज र आयरल्यान्डले विश्वकपमा स्वत: छनोट भएका टोलीबाहेकका उच्च वरीयताप्राप्त टोलीका रूपमा ग्लोबल क्वालिफायरमा स्थान बनाएका हुन्। त्यस्तै, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान क्रिकेट विश्वकप लिग(२ को शीर्ष चारमा रहँदै छनोट भएका हुन्।

अब नेपालमा हुने प्लेअफबाट छनोट हुने चार टोलीसहित १० टोलीले ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्। 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖