झापाको चिया बगानबाट ५५७ किलो गाँजा बरामद
विराटनगर, कात्तिक २० । झापाको मेचीनगर नगरपालिका–५ स्थित चिया बगानबाट प्रहरीले ५५७ किलोग्राम गाँजा बरामद गरेको छ।
बिहीबार बिहान विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट इँटाभट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चिया बगानमा खोजतलास गर्ने क्रममा १३ वटा प्लास्टिकका पोकामा राखिएको गाँजा फेला पारेको हो।
गाँजा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।


