पटका पट्काउँदा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु
पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक ८ वर्षीय बालकको मृत्यु भएको छ।
आज बिहान करिब ८ बजे स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटका पट्काउने क्रममा गम्भीर घाइते भएका थिए। पटका पड्काउने क्रममा निस्किएको छर्रा उनको छातीको बीच भागमा लागेको थियो।
छर्रा लागेर घाइते भएका बालकलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा चिकित्सकले बिहान ८ः४५ बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।


