घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
सोमबार राति ११ बजे ठूलो सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरोका कारण तिहार मनाउन घर जाने तथा फर्किने यात्रु अलपत्र परेका थिए भने सडकमा सवारीसाधनको लामो जाम लागेको थियो।
नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार मंगलबार बिहान पौने ८ बजे पहिरो हटाएपछि यातायात दुवैतर्फी सञ्चालनमा ल्याइएको हो।
उक्त सडकखण्डमा सोमबार पनि पहिरो खसेर यातायात अवरुद्ध भएको थियो।


