मोरङको केराबारीमा जंगलभित्र महिलाको शव फेला
मोरङ । मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जंगलमा एक महिलाको शव फेला परेको छ।
बिहीबार साँझ जंगलभित्र अन्दाजी ३१–३२ वर्षीया पार्वती लिम्बूको शव फेला परेको हो। शव अर्धनग्न अवस्थामा भेटिएको जनाइएको छ।
महिलाको मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे जानकारी पाएपछि प्रहरीले फरेन्सिक टोलीसहित घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


