टीका लगाएर घर फर्किँदै गरेका धनकुटाका २२ वर्षीय रोजनको उदयपुरमा दुर्घटनामा मृत्यु
धनकुटा। दसैँको टीका लगाएर काठमाडौं हँुदै घर फर्किने क्रममा उदयपुरमा भएको सवारी दुर्घटनामा धनकुटाका एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनकुटा नगरपालिका–५ निवासी २२ वर्षीय रोजन परियार रहेका छन्। उनी सानीआमाकी छोरीको हातबाट टीका लगाउन कात्तिक २४ गते काठमाडौं गएका थिए।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब १२ः४० बजे उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १–०२–०६० प ८७११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना.७ त ५३२५ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक परियारलाई तत्काल जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो। उपचारका क्रममा दिउँसो १ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव जिल्ला अस्पताल उदयपुरको शवगृहमा राखिएको छ। पोस्टमार्टमपछि शव धनकुटा ल्याउने तयारी गरिएको जनाइएको छ।
मृतक परियार लिबर्टी कलेज धनकुटामा बीबीएस चौथो बर्षमा अध्ययनरत थिए ।


