मोरङ र सुनसरीबाट विभिन्न मुद्दाका ५ फरार प्रतिवादी पक्राउ
विराटनगर, कात्तिक ३० गते । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत परिचालित प्रहरी टोलीले खोजतलासका क्रममा कात्तिक २९ गते उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङबाट एक जना र सुनसरीबाट चार जना रहेका छन्।
अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीको खोजी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

