नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार २०८३ कात्तिक ३० गते बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो।
दुर्घटनामा बसमा सवार २५ जना सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ।

